This site uses cookies, as explained in our terms of use. If you consent, please close this message and continue to use this site.
Atul Bhattarai
0 mins Read
विगत वर्षहरुमा झैं यो वर्ष पनि देशभरी र खास गरी तराईमा विध्वंशकारी बाढी भोग्नु पर्यो। तीनमहिनाको अवधिमा मनसुनले ल्याएको प्रकोपका कारण ११९ जनाको ज्यान गयो, ३१८० घर डुबानमा परेर ५९२४ जना विस्थापित हुनु पर्यो । हरेक वर्ष बाढीले मुलुकभर भण्डै १५० व्यक्तिको ज्यान लिने गर्दछ । बाढी प्रभावित जनसङ्ख्याको हिसाबले नेपाल विश्वमा ४०औं स्थानमा छ र एउटा अध्ययनका अनुसार बाढी प्रभावित क्षेत्रका प्रत्येक घरपरिवारले औसतमा एक लाख २० हजार बराबर क्षति बेहोर्नु पर्छ । यीमध्ये धेरै क्षतिन्युन गर्न सकिन्छ।
तथापि विगतमा जस्तै यी प्रकोपको सामना पनि तत्कालका विपत् र क्षतिको व्यवस्थापन गर्ने भन्दा माथि उठेर भविष्यमा यस्ता विपदको रोकथाम गर्ने र प्रभावलाई न्यूनीकरण गर्ने तह सम्म पुग्ने दीर्घकालीन प्रकृतिको हुने देखिंदैन। बाढीबाट पुग्ने धेरै क्षति रोक्न सकिने पृष्ठभूमिमा यो विशेष चिन्ताको विषय हो। यस्ता क्षतिको न्यूनिकरणकालागि पूर्वसूचना प्रणाली एक चित्तबुझ्दो उपाय हुन आउंछ। समुदायमा आधारित बाढी पूर्वसूचना प्रणालीले समुदायलाई विपदबाट बच्ने तयारी गर्ने पर्याप्त समय प्रदान गर्दछ र समुदायको जनधनलाई सुरक्षित गर्न सहयोग पुर्याउन्छ। तर पूर्वसूचना प्रणालीलाई व्यापक रुपमा प्रयोगमा ल्याउन सहज चाहिं छैन ।
नेपाल सरकारले मुलुकका प्रमुख नदीहरूमा आउने बाढीको अनुमान र सतर्क रहनु पर्ने पूर्वसूचना दिने गरेको छ तर सबै स‐साना नदी(खोलाको हकमा त्यो सेवा दिने व्यवस्था गर्न असम्भवप्रायस् देखिन्छ। विनाशकारी बाढी आउन सक्ने उच्च सम्भावनामा रहेका करिब ६ हजार सहायक नदीहरू मध्ये १० किलोमीटर भन्दा लामो करीब एक हजार सहायक नदीहरु यो प्रणाली स्थापनाका लागि उपयुक्त छन्, तर ती सबैमा यस्तो प्रणाली पुर्याउने कार्य अत्यन्त कठीन छ। त्यसको मतलव समुदायहरूले स्थानीयकृत र उपयोगी सूचना प्राप्त गर्न पनि कठिन हुन्छ । तयारी गर्न र सुरक्षित निस्कन प्रायः धेरै समय लाग्ने महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति र अन्य सङ्कटासन्न समूहहरू यसबाट अरुभन्दा बढी मर्कामा पर्ने हुन्छन्।
चुनौतीपूर्ण भए पनि यी नदीहरु समेतको अनुगमन महत्वपूर्ण हुन्छ । प्राक्टिकल एक्सन, अक्सफाम, इसिमोड लगायतका धेरैै वटा विकास नियोगहरुले विगतमा पूर्वसूचनाको अभावलाई समुदायमा आधारित बाढीको पूर्वसूचना दिने प्रणालीको परीक्षण प्रयोग मार्फत संबोधन गर्ने प्रयास गरेका छन् । यी प्रणाली बाढीबाट हुने क्षति न्यूनीकरणको क्षेत्रमा समुदायलाई आत्मनिर्भर हुने गरी तय गरिएका हुन्छन् ।
यो प्रणालीले प्रयोग गर्ने प्रविधि खरीद गर्न सस्तो छ (रु. ४ लाख), जडान गर्न पनि सस्तो छ (रु. ५ लाख) र यसको मर्मतसम्भार र सञ्चालन खर्च पनि किफायती छ (उपकरणको मर्मत, सचेतना कार्यशाला र निगरानी तथा रेखदेख गर्ने व्यक्तिको तलब सबै गरी वार्षिक करिब १ लाख ३० हजार जति) । त्यसैले उचित व्यवस्था र सम्बन्धित सरोकारवालाहरूको सहकार्य र सहयोग मार्फत समुदायहरूले समुदायमा आधारित बाढी पूर्वसूचना प्रणाली र यसको व्यवस्थापनको लागि बजेट जुटाउन तथा स्वतन्त्र रुपमा सञ्चालन गर्न सक्षम हुन्छन् ।
यो एउटा अन्तरक्रियात्मक प्रणाली हो । सतर्क रहने सूचना बज्ने बित्तिकै माथिल्लो भेगमा रहने निगरानीकर्ताले तल्लो भेगमा रहेका समुदायको सम्पर्क व्यक्तिहरूसँग यो सूचना सञ्चार गर्दछन् । त्यसपछि ती सम्पर्क व्यक्तिहरूले गाउँका नेतृत्व, सुरक्षा बल, स्थानीय सरकारी अधिकारीहरू लगायतका विभिन्न सरोकारवालाहरूलाई सूचित गर्दै गाउँको सबैमा मौखिक, मेसेज गर्ने एपहरू, एसएमएस, फोन कल र साइरनहरूबाट सतर्क रहने सन्देश पुर्याउन पहल गर्छ र बसोबासका स्थानको आधारमा मानिसहरूलाई ३० मिनेट देखि ६ घण्टासम्मको तयारी समय दिन्छ। यसमा समुदायका हरेक व्यक्तिको संलग्नता र नियमित सम्पर्क रहने हुँदा सबैमा आपसी विश्वास र स्वामित्वको भावना समयसंगै थप मजबुत हुंदै जान्छ।
मुलुकमा यो प्रणाली प्रयोग गर्न पाएकाहरुले यसबाट पुग्ने राहतको स्पष्ट अनुभव गरिसकेका छन् । आफ्नै आँखा अगाडि बाढीले घरहरू डुबाएको, पशु चौपाया र अन्य सम्पत्तिहरू बगाएर लगेको देख्दै र भोग्दै आएका नेपालको तराई क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्याको लागि ती क्षेत्रमा यसको प्रयोग विस्तार गरिएमा रूपान्तरणकारी नतिजा ल्याउन सक्नेछ । वर्षको ८० प्रतिशत वर्षा हुने मनसुनको समयमा स्थानीय बासिन्दाहरूले सम्भावित बाढीकोलागि सँधै चनाखो हुँदै बाढीको निगरानी गरी आवश्यकता अनुसार सबैलाई सतर्क गराउनुपर्छ । बाढी पूर्वसूचना प्रणालीको जडानले बाढीबाट क्षतिलाई न्यून गर्ने मात्र होइन, बाढीबाट अचानक सम्पत्ति र परिवारजनहरू गुमाउँदाको अवस्थामा सामना गर्नुपर्ने तनावबाट पनि राहत दिलाउँछ ।
यी समुदायहरूमा बाढी पूर्वसूचना प्रणाली विस्तार गर्न स्थानीय तथा प्रदेश सरकार, गैरसरकारी संस्था र निजी क्षेत्र सबैको सहभागिता जरुरी हुन्छ । जल तथा मौसम विज्ञान विभाग एक्लैले सहायक नदीहरूको लागि मौसम पूर्वसूचना प्रदान गर्न कठिन हुने भएकोले पालिकाहरू आफैले बाढीपूर्वसूचना प्रणालीको खरिद गरी नियमित मर्मतसम्भार गर्दै सञ्चालन गर्न सक्छन् । नेपालको विपद व्यवस्थापन ऐन २०७४ ले यसप्रकारको कदमलाई प्रोत्साहित गर्दछ । स्थानीय व्यवस्थापन धेरै लाभकारी हुन सक्छ । यसमा सम्पूर्ण समुदाय सहभागी हुन सक्छन् र यस प्रणालीलाई चालू हालतमा राख्न स्थानीय बासिन्दाहरूले आफ्नो प्रतिनिधिहरूलाई जवाफदेही बनाउन सक्छन् । त्यसैगरी स्थानीय ज्ञानले साइरनहरू कहाँ जडान गर्ने र सबभन्दा सङ्कटासन्न समुदायहरूमा सतर्क रहने सन्देशहरू कसरी सञ्चार गर्ने भन्नेमा मार्गदर्शन गर्दै यस प्रणालीलाई समुदायहरूको खास आवश्यकता र परिस्थिति अनुरूप ढाल्न सहयोग गर्दछ ।
यसले केही चुनौतीहरू पनि प्रस्तुत गर्दछ । यो प्रणालीखरिद गरेर जडान गर्नु मात्र पर्याप्त हुँदैन । यो दिगो पनि हुनुपर्छ । पालिकाहरूले सामान्यतया विपद्पछिको कार्यहरू र तटबन्ध निर्माणका लागि मात्र छुट्याइने सीमित बजेटको अवस्थामा बाढी पूर्वसूचना प्रणालीको वार्षिक सञ्चालन र मर्मतसम्भारको लागि भुक्तानी गर्ने मार्ग खोज्नुपर्छ । उनीहरूले यो प्रणालीलाई सहभागितामूलक तरिकाले व्यवस्थापन गर्नुपर्छ र घरमा महिला, बालबालिका र बृद्धबृद्धालाई मात्र रहने गरी पुरुषहरू कमाउन घर छोडेर जाँदा स्थानान्तरण हुने सङ्कटासन्नतालाई पनि ध्यानमा राख्नुपर्छ । स्थानीय समूहहरू र संघसंस्थाहरूलाई यस प्रणालीको सञ्चालनमा एकीकृत गराउने मार्ग खोजिनुपर्छ । सबभन्दा सङ्कटासन्नवर्गको लागि सतर्क रहने सन्देशहरू उपयुक्त रहेको र घटना प्रतिरूप अभ्यास तथा सचेतना अभियानहरू लगायतका गतिविधिबाट यी सतर्क रहने सन्देशहरूमा तुरुन्त र प्रभावकारी रूपमा कार्य गर्न सक्ने गरी कसलाई अनिवार्य रूपमा क्षमतावान र तयार हुनसक्ने बनाउनुपर्छ भन्ने कुरा पनि हेर्नुपर्छ ।
परीक्षण सञ्चालन गरिएको बाढी पूर्वसूचना प्रणालीहरू रहेका स्थानका केही सरोकारवालाहरूले यसको दिगोपन सुदृढ बनाउन आवश्यक कदमहरू चालेका छन् । उदाहरणको लागि, सप्तरीको खाडो नदीको बहाव क्षेत्रले समेट्ने तीनवटा नगरपालिका र गाउँपालिकाले गैरसरकारी संघसंस्था र निजी क्षेत्रका साझेदारहरूसँग मिलेर १३ लाख रूपैयाँ बराबरको बास्केट फण्ड (अक्षय कोष) स्थापना गर्न रकम सङ्कलनमा साझेदारी गरेका छन् । यस कोषबाट प्राप्त हुने ब्याजले यस प्रणालीको वार्षिक खर्चहरू धान्न सकेको छ । समुदायमा आधारित बाढी पूर्वसूचनाप्रणाली दिगो रहन अरु समुदायहरूले पनि यसप्रकारको कदम चाल्नुपर्छ र प्रदेश सरकारहरूले उनीहरूलाई यस कार्यमा प्रोत्साहित र सबल बनाउनुपर्छ ।
तराईमा बाढी आउनु सामान्य घटना हो । जनसङ्ख्या बृद्धि, रुखहरूको कटानी र बाढी पुग्ने क्षेत्रमा अतिक्रमण गरी बस्ती बृद्धि हुँदै जाँदा यो अझै विनाशकारी हुन्छ र अहिलेको जलवायु परिवर्तनले यसलाई झनै अनुमान गर्न नसकिने बनाएको छ । बाढीका कारण हरेक वर्ष मृत्यु र क्षतिका घटनाहरू बृद्धि हुँदै गएको पाइन्छ, तर प्रतिकार्य प्रायःजसो पीडितलाई राहत र क्षतिपूर्ति दिने कुरामा मात्र सीमित छ । समुदायमा आधारित बाढीपूर्वसूचना प्रणाली एउटा अग्रगामी पहल हो । यसले बाढीले प्रस्तुत गर्ने जोखिमलाई घटाउन दिगो र सस्तो मार्ग प्रदान गर्दै सबभन्दा सङ्कटासन्न समुदायका सबभन्दा सङ्कटासन्न मानिसलाई लाभ प्रदान गर्दछ ।
“The English version of this article was originally published in the Himalayan Times“
Share
Stay up to date on what’s happening around the HKH with our most recent publications and find out how you can help by subscribing to our mailing list.
KRIPA SHRESTHA & NISHIKANT GUPTA
The Gilgit-Baltistan region of Pakistan is highly vulnerable to natural disasters, particularly water-induced hazards. ICIMOD surveyed 250 villages in the ...
As global temperatures rise, hazards are increasing in south-central Nepal. A series of community-led projects supported by ICIMOD and the ...
Local management of CBFEWS can be highly advantageous: the whole community may be involved, ...