Back to news
15 Feb 2024 | Press releases

काभ्रेपलाञ्चोक जिल्लाका ७ पालिकाले, मध्य पहाडी क्षेत्रमा व्याप्त पानीको समस्यालाई सम्बोधन गर्नका निम्ती , समुदायको नेतृत्वमा सो क्षेत्रका पानीका मुहानहरू संरक्षणका निम्ती समयमै पहल गरेका छन् ।

0 mins Read

70% Complete
२०२३ को सर्वेक्षणले नमोबुद्धका २०% मुहानहरू पहिले नै सुकेको तथा कारीब ६०% म बहाव कम हुँदै गएको देखाएको छ, जसका निम्ती नमोबुद्ध नगरपालिकाले समुदायको पानी आपूर्ति सुरक्षित गर्न उचित कदम कदम चालिरहेको छ। (तस्बिर: इसिमोड)

Read in english

काठमाडौँ, फागुन : काभ्रेपलाञ्चोक जिल्लाका सात नगरपालिकाले मध्य पहाडी क्षेत्रमा बढ्दो पानीको असुरक्षालाई सम्बोधन गर्न , समुदायको नेतृत्वमा , समुदायका मुलहरुको पहिचान, अवस्थाको मुल्यांकन तथा सन्कटासन्न  मुहानहरुको  पुनर्जीवित गर्ने नयाँ अभियानमा एक्क्यबद्धता जनाउदैं समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । नमोबुद्ध, पनौती, धुलिखेल, पाँचखाल नगरपालिका  तथा  रोशी, बेथानचोक , तेमालका गाउँपालिकाले प्रकृतिमा आधारित समाधानका माध्यमबाट मुलाधार संरक्षण कार्यक्रमका निम्ती अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) सँग आशय पत्रमा हस्ताक्षर गरेका छन् ।

हिन्दुकुश हिमालय (HKH) क्षेत्रमा रहेका लगभग ९० लाख मुहानहरूले पानीको महत्त्वपूर्ण स्रोतको रूपमा सेवा प्रदान गर्दै आइरहेका छन्। तथापि, जलवायु परिवर्तन, भूमिगत पानीको अत्यधिक उत्खनन, र भूमि प्रयोग परिवर्तन जस्ता जल्दाबल्दा समस्याका  कारण पानीका मुहानहरू जोखिममा पर्दै गइरहेका छन्। यस परिस्थिअतिमा बढ्दो सडक निर्माण ले निम्त्याउने  भु-क्षय   र चट्टान अस्थिरताले जोखिमलाई थप बढावा दिएको पाइन्छ ।  नामोबुद्ध नगरपालिकामा ४४४ मुहानको २०२३ मा गरिएको सर्वेक्षणले देखाए  अनुरुप २० प्रतिशत मुहानहरू सुकिसकेको अवस्थामा छन भने प्रायस: मुहानमा  पानीको प्रवाहमा कमी आएको  देखाएको छ।

इसिमोड द्वारा हिन्दू कुश हिमालयमा क्षेत्रमा  संचालित मुलाधार व्यवस्थापनका उदाहरणिय मुल संरक्षण तथा पुनरुत्थानका कार्यक्रमहरुमा स्थानीय सरकारहरूको ऐतिहासिक सम्झौताद्वारा देखाएको ऐक्केबद्धताले अन्य नगरपालिकाहरूलाई पनि आफ्नो बजेट र योजनामा मुलाधार व्यवस्थापन अपनाउन प्रेरित गर्ने जलश्रोतविदहरूले विश्वास व्यक्त गरेका छन्।

इसिमोडका मूलाधार व्यवस्थापन प्रबन्धक निर्देशक संजीव भुचरजीले भने “हिन्दुकुश हिमालयमा पानीको मुहान क्रमश सुक्दै जानु आजको प्रमुख समस्या हो, तर अहिलेसम्म यस विषयमा पर्याप्त ध्यान वा लगानी आएको छैन। यसर्थ पहाडी समुदायको पिउने पानी, गाईवस्तुका लागि पानी र बालीनालीका लागि पानीको निरन्तर पहुँच सुनिश्चित गर्नु, पानीको अभाव विस्थापन गर्नु,  पानीको विवादहरू न्युनिकरण गर्नु अहिलेको मुलभुत आवस्यकता हो ।”

यस विषयमा थप प्रकाश पार्दै सन्जिव भुचरले भन्नुभयो ” मध्य पहाडी भु भागका समुदायको, विषेशगरी पानी संकलनम नेतृत्वोदाइ भूमिका खेलिरहेका महिला तथा किशोरिहरुको, सहजताका निम्ती मुल तथा मुहानहरुको पुनरुत्थान लाई समुदाय स्तरमा सम्भव गराउन सक्नु हाम्रा निम्ती खुशिको खबर हो । यो हाम्रो प्रयासमा स्थानिय सरकारको पनि चासो र समर्थन हुनु र काभ्रेपलान्चोक जिल्लाका पालिकाहरुले लिएको अग्रसरताले हामिलाई थप उर्जा प्रदान गरेको छ ।”

आजको यस  समझौता अन्तर्गत, इसिमोडले पानीको मुहानहरूको स्थान र स्थितिको विवरण सहित, जल तथा भौगर्भिक विज्ञानको अध्ययनको आधारमा पुनर्भरण क्षेत्र पहिचान, सुधारिएको मुहानहरूको प्रवाह र पानीको गुणस्तर, जैविक विविधताको अवस्था, जलवायु सह-लाभहरूको मूल्यांकनजस्ता गतिविधिहरु कार्यान्वयन गर्नका लागि सहायता गर्नेछ। पहिलेका सिकाइ यि सात पालिकामा लागु गरिए जस्तै सात बाट अरु धेरै पालिका हुँदै देशै भरी मुल तथा मुहान सम्रक्षण सम्बर्धन्नार्थ सहकार्य गर्दै जाने दिर्घकालिन लक्ष राखिएको छ ।

इसिमोडका महानिर्देशक पेमा ग्याम्त्सोले भन्नुभयो “पानीको असुरक्षा त्यसको समुदाय (मानिस, जीविकोपार्जन र जैविक विविधता) मा प्रभाव र यसको प्रभावलाई न्युनिकरण गर्नु, हिन्दुकुश हिमालय (HKH) क्षेत्रमा रहेका  सबै आठ सदस्य राष्ट्रहरूले प्रमुख चिन्ताको रूपमा रहेको छ । त्यसैले अहिले हामीले यसलाई हाम्रो कामको मुख्य केन्द्रविन्दु बनाएका छौं। यस क्षेत्रमा थप पानीको संकटलाई सम्बोधन गर्न र भोली आउने संकटलाई न्युनिकरण गर्नका निम्ती काभ्रेपलाञ्चोक जिल्लाका पालिका हरूले यी सामाजिक तथा लैङ्गिक समावेशी समाधान उपायहरु अवलम्ब मा सहकार्य गरेको देख्दा अत्यन्त हर्षित बनाएको छ ।”

सोही कार्यको निरन्तरता स्वरुप Foreign Commonwealth and Development Office (FCDO), UK को आर्थिक सहयोगमा सन्चालित Himalayan Resilience Enabling Action Programme (HIREAP) कार्यक्रमअन्तर्गत प्रकृतिमा आधारित समाधान (NbS) को विश्वव्यापी मापदण्ड   अनुरुप, नगरपालिका तथा  साझेदारहरु संग सहकार्य  गर्दै करीब ७५०  वर्ग कि मि क्षेत्रफलको बृहतरुपमा मुलाधार  व्यवस्थापन गतिविधिहरू विस्तार गर्न लागिएको छ ।

इसिमोडको मुल तथा मुलाधार सम्रक्षण, हिमालयन रेजिलियन्स इनेबलिङ एक्शन प्रोग्राम (HI-REAP) को एक पाटो हो, जसलाई बेलायती सरकारको फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट अफिस (FCDO) ले आफ्नो क्लाइमेट एक्सन फर रिसिलियन्ट एसिया (CARA) पहलको आर्थिक सहयोगमा सन्चालन गरिएको कार्यक्रम हो। यसमा विश्वभरि जल विपन्नाताका न्युनिकरणका क्षेत्रमा काम गर्ने  सामाजिक संस्था फ्र्याङ्क वाटरबाट पनि सहयोग गरिएको छ। यो आयोजना नेपाल, नर्वे र स्वीडेन सरकारहरूद्वारा समर्थित गरिएको सहनशील पर्वतीय समाधान पहलको कार्यक्रमको निरन्तरताको रुपमा पनि अघी बढेको छ ।

HI-REAP ले स्थानीय सरकार, समुदाय, निजी क्षेत्र तथा सम्पुर्ण सरोकार्वालाहरुलाई समेट्दै  बाँकी वाणिज्यिक क्षेत्रलाई यी मुल तथा मुलाधार सम्रक्षणर व्यवस्थापनका गतिविधिमा समेटेर दिगो तथा दिर्घकालिन समाधानमा टेवा पुर्याउने लक्ष राखेको छ ।

कार्यक्रममा बोल्दै नमोबुद्ध नगरपालिकाका मेयर कुनसाङ लामाले जोड दिए, “हाम्रो जिल्लाका सुक्खा मुहानलाई पुनर्जीवित गर्न सात वटा नगरपालिकाका मेरा सबै साथीहरूलाई हात मिलाएर एकजुट हुन आग्रह गर्दछु ।” उपस्थित सम्पुर्ण पालिका प्रमुखहरुले यस कार्यमा आफ्नो तर्फबाट हुन सक्ने सहयोग र सहकार्यका निम्ती प्रतिबद्धता पनि व्यक्त गर्नु भयो ।

Stay current

Stay up to date on what’s happening around the HKH with our most recent publications and find out how you can help by subscribing to our mailing list.

Sign Up
30 Sep 2015 Press releases
Design manual launched to support the construction of stronger and cleaner brick kilns in Nepal

The “Design Manual for Improved Fixed Chimney Zig-Zag Brick Kilns” has been released by Honorable Minister Mahesh Basnet, Ministry of ...

5 Jun 2023 Press releases
山区居民、登山者和科学家在珠峰敲响警钟,倡议世界各国领袖们立即迈向脱碳之路

距人类首登世界之巅已70年,而气候紧急情况发生在此:在兴都库什-喜马拉雅区域内,三分之二的冰川预计将在本世纪末消失。 领先的山地机构国际山地综合发展中心(ICIMOD)、尼泊尔登山协会(NMA)和山区伙伴关系(Mountain Partnership) 呼吁全世界来拯救地球上的冰雪,以避免为时过晚。 #“拯救我们的雪”宣言在最初48小时内就收集到1000多个签名,其中包括新西兰前总理、各国外交官、传奇登山者和著名地球科学家。 尼泊尔加德满都讯(2023 年 5 月 29 日)——七十年前的今天,在埃德蒙·希拉里爵士和丹增·诺尔盖首次登上珠峰 ; 70 年后的今天,地球上最高的山峰正在经历由全球变暖引起的前所未有且基本不可逆的变化。 全球变暖正在危及珠峰与兴都库什-喜马拉雅地区的环境,该地区横跨八个国家,约长3500公里。根据目前的排放情况,科学家预计在未来70年内,该地区三分之二的冰川或将消融。 国际山地综合发展中心(ICIMOD)在包括 尼泊尔登山协会 和 山区伙伴关系(联合国自愿伙伴联盟)在内的全球山地机构的支持下,呼吁公众支持 #拯救我们的雪(#SaveOurSnow)运动。该运动要求公众: 在社交平台分享来自世界各地山区的故事和照片,使用#SaveOurSnow 标签 强调气候影响; 在网址 icimod.org/saveoursnow/declaration/ 签署一份宣言,呼吁各国政府兑现将升温限制在 1.5 ...

18 Jan 2015 Press releases
Symposium calls for transboundary cooperation in ‘Transforming Mountain Forestry’

‘Managing Himalayan forest ecosystems on a transboundary scale is critical for mitigating the impact of climate change for sustaining ecosystem ...

14 Dec 2015 Press releases
Glaciers reveal mountain precipitation is twice as high-Himalayan snowfall underestimated

The amount of snow and rain in the Himalaya is about twice as high as commonly assumed. Research in the ...

24 Sep 2019 KDKH
Country chapter for the Koshi disaster risk reduction knowledge hub to be developed

A recent UNESCAP disaster risk-focused report has identified transboundary river basins in South Asia as disaster hotspots. One such area ...

27 Sep 2023 COP28
“Time is running out”— policymakers and experts from world’s tallest cryosphere zone call for ambition and action to save Earth’s snow and ice

Global “ice emergency” is locking in sea level rise that will put huge areas of Dhaka, Karachi, Shanghai, Mumbai ...